Tuesday, 12 September 2023

Classification of Computer कम्प्युटरको वर्गीकरण

Classification of Computer
कम्प्युटरको वर्गीकरण
Image result for learn computer
वास्तवमा कम्प्युटरलाइ यति नै प्रकारका छन् भनेर विभाजन गर्न गाह्रो छ, सामान्यतया यसलाई ४ भागमा वर्गीकरण गरिएको छ ।
1) On the basis of size (आकारको आधारमा)
- Super Computer (सुपर कम्प्युटर)= यो सबैभन्दा ठुलो, महँगो र शक्तिशाली खालको कम्प्युटर हो । वैज्ञानिक खोज तथा अनुसन्धान, मौसम तथा देशको सुरक्षा विभागहरुमा प्रयोग गरिन्छ साथै ठुला-ठुला तथ्यांक राख्न तथा जटिल खालको अंक गणितको समस्या हल गर्न यसको प्रयोग भएको पाइन्छ । यस कम्प्युटरमा एकैचोटी करिव २०० जनाभन्दा बढी व्यक्तिहरुले काम गर्न सक्छन् । जस्तै : CRAY-I/II/III, CYBER-205, HITACHI-810/20 आदि ।
- Mainframe Computer (मेनफ्रेम कम्प्युटर)
यो सुपर कम्प्युटरभन्दा सानो र अरुभन्दा ठुलो खालको कम्प्युटर हो । यो कम्प्युटरले हरेक प्रकारका कार्यमा भाग लिन सक्दछ । साथै Memory र hard disk capacity पनि अधिक भएकोले यसमा पनि ठुला-ठुला तथ्यांक जस्तै: कृषि गणना, औद्योगिक गणना तथा परिक्षाको नतिजा प्रकाशन गर्न यसको प्रयोग गरिन्छ । यसमा एकैचोटि १०० जना भन्दा बढी व्यक्तिले काम गर्न सक्छन् । जस्तै: IBM 370, CYBR 170 आदि ।
- Mini Computer (मिनि कम्प्युटर)
यो मेनफ्रेम कम्प्युटरभन्दा सानो र माइक्रो कम्प्युटर भन्दा ठुलो खालको कम्प्युटर हो । यस कम्प्युटरमा १०-५० व्यक्तिले एकैचोटि काम गर्न सक्छन् । बैंक, दुरसंचार, विद्युत प्राधिकरण जस्ता ठुला संघसंस्थामा प्रयोग भएको पाइन्छ । जस्तै: Honeywell 1200, PDP 11/730, IBM SYS/3 आदि ।
- Micro Computer (माइक्रो कम्प्युटर)
यसको भण्डार गर्ने क्षमता धेरै तर आकारमा सबैभन्दा सानो भएकोले एउटा सानो कोठामा पनि राख्न सकिने, मुल्यमा सस्तो र व्यापक रुपमा प्रयोग हुने कम्प्युटर हो । व्यापारिक दृष्टिकोणले उत्पादन गरिएको यस कम्प्युटर एकपटकमा एकजनाले मात्र चलाउन मिल्ने हुनाले यसलाई personal computer (PC) वा home computer पनि भनिन्छ । यसलाई व्यापारिक केन्द्र, शिक्षा क्षेत्र, कुनै संघ संस्था वा कुनै पेशामा लागेका व्यक्तिले पनि प्रयोग गर्न सक्छन् । यि कम्प्युटरहरु विभिन्न आकार, मोडेल र ब्राण्डमा पाइन्छ । IBM PC, Olivetti, Zenith, Apple Machintosh आदि यसको उदाहरणहरु हुन् ।
micro computer लाई पनि निम्न भागमा विभाजन गर्न सकिन्छ ।
क) डेस्कटप : टेबुल वा डेस्कमा राखेर चलाउने ।
ख) ल्यापटप : काखमा राखेर चलाउने ।
ग) पामटप : हातमै राखेर चलाउने ।
घ) ट्याब्लेट : ल्यापटप जस्तै touch screen भएको ।
2) On the basis of Operation (कार्यको आधारमा)
- Analog (एनालग)
सांकेतिक रुपमा चल्ने । जस्तै: ट्याक्सिको मिट, मल्टिमिटर, सुइवाला घडी आदि ।
-Digital (डिजिटल)
Binary Digit अर्थात On(1)/Off(0) को सिस्टममा चल्ने । जस्तै: अहिले चलिरहेको कम्प्युटर, क्यालकुलेटर, डिजिटल घडी आदि ।
-Hybrid (हाईब्रीड)
एनालग र डिजिटलको संमिश्रण अर्थात दुवै कम्प्युटरको काम गर्ने कम्प्युटर वैज्ञानिक कार्यशाला, उद्योग, हस्पिटल, रकेट, हवाइजहाज आदिमा प्रयोग गरिन्छ ।
3) On the basis of Brand (कम्पनीको आधारमा)
-IBM PC
International Business Machine-Personal Computer, अमेरिकाको IBM कम्पनिले तयार पारेको हो । यो अन्यभन्दा महगो र original मानिन्छ ।
-IBM Compatible
IBM कम्पनी वाहेक अन्य कम्पनिले IBM को सिद्दान्त प्रयोग गरि बनाएको कम्प्युटर । IBM कम्पनिको सबै software प्रयोग गर्न सकिन्छ । मुल्यपनि सस्तो पर्ने हुनाले नेपालमा धेरै यसकै प्रयोग पाइन्छ ।
-Apple/Macintosh
Apple कम्पनी जसले IBM भन्दा फरक hardware, software उत्पादन गर्दै Macintosh नामको micro computer ल्याएको हो ।
4) On the basis of Model (मोडलको आधारमा)
-XT or Extended Technology Computer
सबैभन्दा पहिलेको माइक्रो कम्प्युटर हो।
-AT or Advanced Technology Computer
XT पछिको अहिले सम्म प्रयोग भइरहेको माइक्रो कम्प्युटर ।
-PS/2 or Personal System-2
आजकल देखिने ल्यापटप कम्प्युटरहरु ।

No comments:

Post a Comment